Connect with us

कटुवा पेस्तोलसहित पर्साबाट तीन पक्राउ

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं-पर्सा प्रहरीले वीरगञ्जस्थित एक होटलबाट कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।सानो हतियार बेचबिखनका लागि बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज-२५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पर्सा पोखरिया नगरपालिका(२ का २० वर्षीय विक्रान्त पटेल छन्।लक्ष्मणवा चोकस्थित एक होटलबाट उनीहरूलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

उनीहरूको साथबाट दुई वटा मोटरसाइकल पनि बरामद भएको छ। प्रदेश २ प्रहरी कार्यालयको विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनीहरूलाई हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान थालिएको खनालले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu