Connect with us
Kapilvast Forest

बीआरआईविरुद्धका अभियानसँग लड्न नेपाल तयार छ : खनाल ‘चीनसँग सांस्कृतिक र व्यापारिक आधारमा सम्बन्ध विकास गर्नुपर्छ’

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ -बीआरआई)लाई सफल हुन नदिन दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएका छन् ।

चारदिने चीन भ्रमणको क्रममा ‘गुआंग्डोंग २१ औं शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’लाई सम्बोधनको क्रममा खनालले सो धारणा राखेका हुन् । उनले बीआरआईविरुद्ध कस्ता गतिविधि भइरहेका छन् भन्ने कुरा भने खुलाएनन् । यद्यपि बीआरआईलाई सफल हुन नदिन अमेरिकाले ‘इन्डो प्यासिफिक’ योजना अघि सारेको चर्चा हुँदै आएको छ ।

नेता खनालले छिमेकी मुलुक चीनसँग नेपालले अब सांस्कृतिक र व्यापारिक आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिने पनि बताए । नेपाल-चीन सम्बन्ध १६ सय वर्ष पुरानो रहेको स्मरण गर्दै खनालले भने, ‘अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गर्नुपर्छ । बीआरआई कार्यान्वयनका लागि नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिन्छ ।’

साथै ट्रान्स हिमालयन इकोनोमिक करिडोरको स्थापना र नेपाल चीनबीचको रेल नेटवर्कको सम्बन्धले सिल्क रोडको ल्हासा-काठमाडौं-भारत खण्डलाई पुनजिर्वित पार्ने बताउँदै उनले यसबाट नेपालले पनि लाभ लिन सक्ने बताए ।

नेता खनालले सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसियटिभ -बीआरआई) मा नेपालले हस्ताक्षर गर्नुपूर्व बिभिन्न समयमा द्वीपक्षीय समझदारी भएको र ती समझदारीपत्रहरु बीआरआईको आधारपत्र तयार गर्न सहायक भएको बताए ।

नेपालले चाहेको आर्थिक समृद्धि दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुन सक्ने खनालले बताए । अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरुमा दुई देशले सँगै काम गर्न सकिने उनले बताए । त्यसका लागि कर नीति, कानुन, नीति नियम, मुद्राको आदानप्रदानको सीधा प्रणालीलगायतलाई सहज बनाउने र अन्य गतिविधिहरूमा दुई देशबीच एक समझदारी हुनु आवश्यक रहेकोमा खनालले जोड दिए ।

खनालले नेपालले मनाउन गैरहेको नेपाल पर्यटन वर्ष २०२० को बारेमा चीन सरकारले सरकारीस्तरबाट नै जानकारीमुलक कार्यक्रम लागु गरोस् भन्ने चाहना प्रकट गरेका थिए ।

नेता खनाल चारदिने चीन भ्रमण सम्पन्न गरी शनिबार राति साढे ९ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu