Connect with us
Kapilvast Forest

सुनको मूल्यमा समान्य गिरावट

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu