Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभाग पूर्णताबारे निर्णय हुने

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज सोमबार पनि बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठानको बैठक कक्षमा अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बसेको थियो । हिजोको बैठकमा एजेण्डामाथिको छलफल र निर्णय टुङ्गिन बाँकी रहेकाले आज पनि बैठक निरन्तरता पाएको नेता तामाङले बताउनुभयो । आजको बैठकमा पार्टीको केन्द्रीय विभागहरु पूर्णताका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

एमालेको विभिन्न ३१ वटा केन्द्रीय विभाग छन् । सो विभागले पूर्णता पाउन बाँकी रहेकाले छलफलपछि विभागमा सदस्यहरु थप गर्ने तयारी एमालेले गरेको छ । नेता माधवकुमार नेपाल पक्ष बैठकमा अहिलेसम्म सहभागी नरहेकाले विभागमा पनि सो पक्षका सदस्यहरु पर्ने सम्भावना कम छ ।

एमालेको विभागहरुमा अर्थ तथा योजना विभाग, आर्थिक विभाग, उद्योग तथा वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, कृषि तथा भूमिसुधार विभाग, जलस्रोत तथा उर्जा विभाग, न्याय तथा कानुन विभाग, निर्वाचन विभाग, पर्यटन प्रबद्र्धन विभाग, प्रचार विभाग, पार्टी स्कुल विभाग, पुस्तकालय तथा अभिलेख विभाग, भौतिक पूर्वाधार तथा वातावरण व्यवस्था विभाग, युवा तथा खेलकुद विभाग, राजकीय मामिला विभाग, राष्ट्रिय हित तथा सुरक्षा प्रवर्धन विभाग, वन तथा वातावरण विभाग छन् ।

सोहीअनुसार विज्ञान तथा प्रविधि विभाग, वैदेशिक मामिला विभाग, शहरी विकास विभाग, शिक्षा तथा मानवस्रोत विभाग, श्रम तथा रोजगार विभाग, सहकारी तथा गरिबी निवारण विभाग, सङ्गठन विभाग, सङ्घीय मामिला विभाग, संविधानसभा संसदीय विभाग, संस्कृति विभाग, सामाजिक सेवा विभाग, सामान्य प्रशासन विभाग, स्थानीय विकास विभाग, स्वास्थ्य तथा जनसङ्ख्या विभाग छन् । यी विभागमध्ये धेरै विभागले पूर्णता पाएका छैनन् । आज बस्ने बैठकले विभागको पूर्णताबारे निर्णय गर्ने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu