Connect with us
Kapilvast Forest

आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीले पाए स्वीकृति

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्।न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्।

स्थानीयबासी र सर्वसाधारणका लागि ती कम्पनीले आइपिओ जारी गर्नेछन्। तीन कम्पनीले कुल १ करोड ५७ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछन्।

यसमध्ये न्यादीले ४० लाख ५ हजार कित्ता सेयर जारी गर्नेछ। कुल ४० करोड ५० लाख रुपैयाँको सेयर कम्पनीले जारी गर्दैछ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको आयोजना बनाउँदैछ। त्यस्तै साहस उर्जाले १ करोड ५ लाख कित्ता अर्थात १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल नियुक्त भएको छ।

साहस उर्जाले सोलुखुम्बुमा बग्ने सोलुखोला (दूधकोसी)बाट ८६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युतको दर उच्च हुने कम्पनीको दावी छ।

बुद्धभूमि हाइड्रोपावरले १२ लाख कित्ता अर्थात १२ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नका लागि स्वीकृति पाएको छ।यसको बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ।

दुई कम्पनीको खुल्दै

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा बिक्री खुल्ला हुने भएको छ। कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो। जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो।

कम्पनीको आइपिओलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनी आफ्नो दायित्व वहन गर्ने क्षमतामा औसत स्तरमा रहेको संकेत गर्छ। यस्तो रेटिङमा एएए सबैभन्दा राम्रो मानिन्छ भने डी सबैभन्दा कमजोर मानिन्छ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसको प्रधान कार्यालय कमलादीमा छ। ११८ शाखा कार्यालय संचालनमा छ।

त्यस्तै मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu