माधव नेपालद्वारा आफूनिकट केन्द्रीय कमिटी बैठक आवहान
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ ।
पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाउनुभएको हो ।
भोलि बिहान ११ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्ने गरी बैठक डाकिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बैठक बोलाइएको उनहाँको भनाइ छ।