Connect with us
Kapilvast Forest

पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने :सञ्चार मन्त्री वास्कोटा

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

प्रेमनारायण आचार्य
अर्घाखाँची ७ भदौ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेको बताएका छन् । देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको बताउदै देसलाइ समृद्धको जगा बसाल्ने काम सकिएको बताउदै पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताए ।

सरकारले विकास गरेन भनेर भन्ने दुरप्रचार भैरहेका बताउदै सरकारले गरेका कामलाइ राम्रो संग नियाल्न आग्रह गरे । उनले अर्को निर्बाचनमा सरकारले गरेका कामको मुल्याकंन जनतालेनै गर्ने बताउदै कसैले दुरप्रचार गरेर सरकारलाइ कुनै प्रबाह नहुने बताए । रोपेको धान पाक्नत तीन देखि चार महिना लाग्ने बताउदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताए ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगीताको उद्धाटन गर्दै मन्त्री बास्कोटाले जनताको विश्वासलाइ बर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले पनि नगर्ने बताए । उनले अर्घाखाँचीमा एक बर्षमा फोर जी सेवा विस्तार गर्ने बताउदै नेपालकै सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्ड लाइन सेवा विस्तार गर्ने बताए ।

उनले जनताको विश्वास र जनमतलाइ आधार मानेर सरकाले काम गरिरहको बताउदै गरिबी रसमाजमा ब्याप्त कुरितीको अन्त्य गर्न सरकार लागि रहेको बताए । आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुको रहेकोमा पत्रकारहरुबाट त्यो हुन नसकेको बताए ।

विश्वसनीय र पत्रकार आचार संहिता भित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गरे । पत्रकारहरु आचार संहिता भन्दा बाहिर गएकाले यसैलाइ नियन्त्रण गर्न मिडीया विधेयक ल्याइएको बताए । सञ्चार मन्त्रीको गाडीले कपिलबस्तुमा मयुर हानेको भन्ने जस्ता गलत प्रचार नगर्न पत्रकारहरुलाइ आग्रह गरेका छन् ।

अर्घाखाँचीमा रहेको २ सय ४५ मेगावाट क्षमताको नौमुरे जल विद्युत परियोजना सञ्चालनकालागि सरकार लागि रहेको बताउदै यसबाट अर्घाखाँची सहित देसभरनै विद्युत आपुर्ती हुने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नजीर मिया, प्रदेस सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नेकपा जिल्ला सह इन्चार्ज शुसिला श्रीपाली, सचिव ठाकुर कुमार विक, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासंघका प्रदेस उपाध्यक्ष भरत केसी लगायतले मन्तव्य राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu