Connect with us
Kapilvast Forest

घट्यो सुनको मूल्य, चाँदीको भाउ भने बढ्यो

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८५ कायम गरिएको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj