Connect with us
Kapilvast Forest

पुडासैनी आत्महत्या प्रकरणकाे नयाँ तथ्य, ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रन्ड’सँग भेट्न छुट्टै कोठा लिएकाे नयाँ तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।
प्रहरीले टोखा नगरपालिका–११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको वडाध्यक्ष अधिकारीले बताए ।

केटी लिएर आउँथे
पत्रकार शालिकराम पुडासैनीले गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएका थिए । घरबेटी न्यौपानेका अनुसार बेलाबेलामा केटी लिएर आउनेजाने गर्थे पुडासैनी । नागरिक दैनिकले खबर छापेको छ ।

(गोमा न्यौपाने घरबेटी)

पत्रकार शालिकराम पुडासैनीले यहाँको घरमा कोठा लिनुभएको थियो ?

हो, हाम्रो घरमा कोठा भाडामा लिनुभएको थियो। बेलाबेलामा आउनेजाने गर्नुहुन्थ्यो।
कहिलेदेखि भाडामा लिनुभएको हो ?

गत फागुनदेखि।
कोठा खोज्न एक्लै आउनुभएको थियो ?

कोठा खोज्न आउँदा एकजना केटी साथी थिई। को हो, सोधिएन। कोठा चाहियो भन्नुभयो। कोठा खाली थियो। भाडामा दिनुपर्ने थियो, दियौं। नियमित बस्नुहुन्थेन।

पुडासैनी कहिलेकहिले आउनुहुन्थ्यो ?

कहिले हप्ता, कहिले दुई हप्तामा देख्थें। प्राय शनिबार दिउँसो आउनुहुन्थ्यो। एकजना केटी लिएर आउनुहुन्थ्यो।
त्यो केटी को हो भन्नुहुन्थ्यो ?

कोठा लिएर बसेपछि को हो भनेर सोध्ने कुरा भएन। अरुको व्यक्तिगत कुरामा मैले सोधिनँ।
घटना कसरी थाहा पाउनुभयो ?

छोरीले हस्पिटलमा फेसबुक चलाउँदा शालिकरामले आत्महत्या गरेको खबर देखिछन्। फोटो पनि उस्तै छ, हाम्रैमा बस्ने पत्रकार हो क्यारे भनिन्। मोबाइलमा पटकपटक फोन गर्दा स्विच अफ रैछ। त्यसपछि सोधीखोजी गर्दा मृत्यु भएको भन्ने थाहा भयो।

प्रहरीलाई कहिले खबर गर्नुभयो ?

मैले खबर गर्छु भनेको छिमेकीले किरिया गरेर सकेपछि खबर गरुँला भन्नुभयो। १३ दिनको किरिया सकिएपछि खबर ग-यौं।
प्रहरी कहिले आयो ?
गत बिहीबार प्रहरी आएर कोठा खोल्यो।

कोठामा के भेटियो, प्रहरीले के बरामद ग-यो ?

केटी साथी र शालिकरामको एउटा फोटो थियो। एउटा लो बेड। पानीको जार। कागजातहरु पनि थिए। प्रहरीले फोटो र कागजात लग्यो।

त्यसो भए अहिले प्रहरीले कोठा खाली गरिदियो ?
फोटो र कागजात लगे पनि लोबेडलगायतका सामान छन्। भाडा दिनुभएको छैन।

कति महिना भयो भाडा नदिएको ?
दुई महिनादेखि भाडा तिर्नुभएको थिएन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu