इंग्लिस प्रिमियर लिगमा तीन खेल हुँदै
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आज तीनवटा खेल हुँदैछ । सिटीले सिजनको तेस्रो खेलमा बर्नेमाउथसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
सिटी र बर्नेमाउथबीचको खेल नेपाली समय अनुसार ६ः४५ बजे शुरू हुनेछ । बर्नेमाउथको मैदानमा सिटी दोस्रो जितको खोजीमा रहनेछ ।
अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको सिटी तेस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा हुनेछ ।
यता, बर्नेमाउथ पनि घरेलु मैदानमा सिटीलाई हराउने योजनामा हुनेछ । बर्नेमाउथले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी नै खेलेको थियो । लिगमा सिटी र बर्नेमाउथको समान ४/४ अंक रहेको छ ।