Connect with us
Kapilvast Forest

गहभरि आँसु लिएर भक्कानिए पत्रकार सम्मेलनमा मेस्सी

२०७८, २४ श्रावण आईतवारमा प्रकाशित

एजेन्सी-लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक हुनुभएको छ । उहाँले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउनुहुँदै भावुक हुनुभयो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो बर्हिगमनको पुष्टि गर्नुहुँदै अब क्लबसँगको आबद्धता समाप्त भएको छ र नयाँ कथाको सुरुवात हुने बताउनुभयो । “मेरो लागि यो अत्यन्तै गाह्रो क्षण हो, मैले क्लब छोड्न चाहेको छैन्, मैले माया गरेको हो र यस क्षणमा अब म अपेक्षा गरेको छैन् ।”

– उहाँले बताउनुभयो । “गत् वर्ष म छाडन चाहन्थे तर अहिले बस्न खोज्दै थिएँ, त्यसैले म अत्यन्तै दुःखी छु ।” –उहाँले थप्नुभयो ।
मेस्सीले गत् संस्करणमा स्थानान्तरणको लागि आग्रह पत्र पठाउनुभएको थियो । तर छलफलपछि उहाँ अन्तिम वर्षका लागि बस्न सहमत हुनुभयो । बार्सिलोनासँगको पाँच वर्षे अनुबन्धन गत् जुलाई १ मा सम्पन्न भएको छ ।

मेस्सीलाई आबद्धता किन लम्ब्याउन नसकिएको प्रश्नमा उहाँले अध्यक्षले जानकारी गराए बमोजिम बार्सिलोना ठूलो ऋणमा रहेको र राख्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । “मैले बार्सिलोनामै बस्न सबैथोक गरे तर सम्भब भएन ।”– उहाँले बताउनुभयो ।
अबको यात्रा सम्बन्धमा उहाँले भन्नुभयो,“यो सम्भाबना मात्रै हो, मैले कसैसँग कुनै सहमति गरेको छैन्, कतिपय क्लबले चासो देखाएका छन्, केही निश्चित छैन् तर प्रष्टरुपमा हामी कुराकानी गरिरहेका छौं ।” मेस्सीले बार्सिलोनासँगको आबद्धता सकिएपछि पेरिस सैन्ट जर्माइनमा आबद्ध हुने चर्चा चलेको छ ।
गत् शुक्रबार बार्सिलोनाले मेस्सी अब बार्सिलोनाको नरहेको वक्तब्य जारी गरी जानकारी गराएको थियो । मेस्सीले २१ वर्षे यात्राको क्रममा बार्सिलोनाका लागि ६७२ गोल गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu