गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नु भएको छ ।सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गर्नु भएको हो ।
भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिनु भयो भएको छ भने नेपाल(चीन मित्रतालाई थप उचाइमा पुर्याउन चाहेको उल्लेख गर्नु भएको थियो ।यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिनु भएको थियो ।