Connect with us
Kapilvast Forest

एक अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैङ्क

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

bank

 

काठमाडौँ- राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रूपमा नेपाल राष्ट्र बैङ्कले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कका कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो । तोकिएको सर्त पूरा गरेका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गर्दै राष्ट्र बैङ्कले आइतबार सूचनामार्फत सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ । राष्ट्र बैङ्कले २०७८ भदौ १ देखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

मुद्दती निक्षेपका लागि ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई छ करोड ३० लाख रुपियाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ८० लाख रुपियाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको सूचनामा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई साउन २६ गते ५ बजेभित्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu