Connect with us
Kapilvast Forest

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

रोल्पा – रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीकाे सङ्ख्या बढेकाे छ।गएकाे दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिनुभयो । रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि उत्तिकै सङ्ख्यामा बिरामी आउने गरेका छन् ।

कोरोनासँगै अन्य सङ्क्रामक रोक फैलिन थालेका भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu