Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बैठक आवहान

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभउको छ ।सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।

देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री हुनुन्छ। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै एजेण्डा रहेको बताइएको छ। सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम आएपछि मन्त्रिमण्डल विस्तारको काम अघि बढ्ने नेताहरुले बताउनुभएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो। आइतबार सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu