अध्यक्षले अनुशासन उल्लंघन गर्दा के गर्ने ,सहने स्थिति छैन :वामदेव गौतम
काठमाडौं-एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताउनु भयो ।
विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाउनु भएको थियो । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने बुँदा पनि थप्नुस्,’ उहाँले भन्नु भएको थियो , ‘अनुशासनात्मक कारबाहीसम्बन्धी धाराको व्यवस्थालाई परिमार्जन गरेर कतिलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने बुँदा पनि थपौं ।’
राजनीतिक मतभिन्नताका सन्दर्भमा ओलीले नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको भन्दै गौतमले भन्नु भयो , ‘अध्यक्षले यस्तो भन्न पाइन्छ भन्ने व्यवस्था पनि गरौं तर अध्यक्षले अनुशासन उल्लंघन गर्दाचाहिँ के गर्ने ’ कान्तिपुर दैनिकले लेखेको छ।