Connect with us
Kapilvast Forest

लुम्बिनीका विपक्षीले आज नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं- लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आज नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी छ ।प्रदेश प्रमुखको आह्वान बमोजिम चार दलले संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार निर्माणका लागि दाबी पेश गर्ने तयारी भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनको आह्वान गर्नु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दैछन्। कार्यालय समय सुरु भएलगत्तै आफूहरुले प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गर्ने कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनु भयो । केसी आजै मुख्यमन्त्री नियुक्त हुने र लगत्तै आफूहरुले सानो मन्त्रिपरिषद गठन गर्ने कनौडियाले बताउनु भयो।

कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको बाँकी १६ महिना कार्यकालमा ८-८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छमाओवादी केन्द्रका केसीले आगामी फागुन २ सम्म र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने सहमति बनेको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कनौडियाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu