Connect with us
Kapilvast Forest

एमाले विवादका कारण बागमती र प्रदेश १ सरकार पनि जोखिममा

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं -आन्तरिक विवादका कारण एमालेको एकल बहुमत रहेको बागमती प्रदेश र प्रदेश १ सरकार जोखिममा परेको छ । एमालेको विवादले बागमती र प्रदेश १ सरकारको भविष्य तय गर्नेछ ।

शुरुमा विपक्षी गठबन्धनसँग मिलेर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याए पनि पछिल्लो समय पार्टी एकताका लागि भन्दै बागमती प्रदेशमा निर्णायक मानिएकी नेपाल खेमाकी नेतृ अष्टलक्ष्मी शाक्यले ओलीलाई अन्तिम धक्का दिने बताउनु भएको छ ।

एक सय ९ सदस्य रहेको बागमती प्रदेशमा अहिले विपक्षी दल माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकजना स्वतन्त्र सांसद छन् ।यस्तै, अन्य दलमा विवेकशील साझा र नेमकिपाका तीन–तीनजना र राप्रपाका दुईजना सांसद छन् । सत्तारुढ एमाले भने ५६ सांसदसहित एकल बहुमतमा छ । पहिले ५७ जना सांसद रहेकोमा पशुपति चौलागाईंको निधन भएको छ ।बहुमतका लागि बागमती प्रदेश सभामा ५५ जना सांसद भए पुग्छ ।

पार्टीभित्रको विवाद समाधान नभएमा नेपाल समूहमा रहेका २३ जना सांसदले पौडेलविरुद्ध विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावमा सहयोग गर्ने सम्भावना छ ।एमालेको अर्को शक्तिशाली सरकार भएको प्रदेश १ पनि हो । तर, नेपाल खेमाले असहयोग गरेको खण्डमा अध्यक्ष ओली पक्षबाट मुख्यमन्त्री रहेका शेरधन राईको सरकार पनि ढल्नेछ ।

प्रदेश १ मा ९३ जना रहेकोमा विपक्षी दल कांग्रेससँग १५, माओवादी केन्द्रका १५, जसपाका तीनजना र राप्रपा तथा संघीय लोकतान्त्रिक मञ्चका एक–एक जना सांसद छन् ।यसमध्ये सत्तारुढ एमाले भने ५२ जना सांसदसहित एकल बहुमतमा छ । तर, यसमध्ये १८ जना सांसद एमालेको नेपाल खेमाका छन् ।

उनीहरू केन्द्रबाट पार्टी विभाजन वा नेता नेपालले विपक्षी गठबन्धनसँग सहकार्य गर्न निर्देशन दिएको खण्डमा मुख्यमन्त्री राईविरुद्ध उभिने सम्भावना छ । यी दुई सरकार पनि ढल्दा एमालेको ओलीपक्ष सबै प्रदेशबाट पाखा लाग्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu