शिक्षामन्त्री नियुक्त नगर्दा शिक्षा क्षेत्रमा असर पर्यो : कोमल वली
काठमाडौं- राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नु भयो ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भन्नुभयो ‘भागबन्डा नमिलेर हो कि शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ ।
चार लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ ।’उहाँले सबै विद्यार्थीलाई खोप लगाएर वा अन्य वैकल्पिक विधिबाट भए पनि परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।