जबरजस्ती करणी उद्योगको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौं -रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहनु भएको छ ।
रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उहाँलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनु भयो ।