Connect with us
Kapilvast Forest

उत्पादन बढाउने क्षेत्रहरूमा लगानी गर्नुपर्छ गर्भनर नेपाल

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

पाल्पा, भदौ ८ । आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले तानसेनको युनाईटेशन मिशन अस्पताल अगाडी नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर र रैनादेवी छहरा गाउँपालिका–४ मा नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गरेका छन ।

नेपाल राष्ट्र बैंकका गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थाहरू विकास निर्माणका सम्भाहक भएकोले बैंकहरूले उत्पादन बढाउने क्षेत्रहरूमा लगानी बढाउनुपर्ने बताए ।

नेपाल बैंक लिमिटेडले गुल्मिको शान्तिपुरमा आफ्नो साखा बिस्तार गरेको छ । शाखाको नेपाल बैंक लिमिटेडका संचालन समितीका अध्यक्ष बासुदेब अधिकारी र चन्द्रकोट गाउपालिकाका अध्यक्ष दोर्ण खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।शाखाको उद्घाटन गर्दै अधिकारीले बैंकको बिगत र बर्तमान को बिषयमा समिक्षा गर्दै नेपाल बैंकले दिएका सुबिधा र आधुनिक बैंकिङको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल बैंक लिमिटेड ५ नंबर प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पाले तम्घास र अर्घाखाँचीमा पनि छिट्टै शाखा बिस्तार गरिने बताए ।

उक्त कार्यक्रममा चन्द्रकोट गाउपालिकाका अध्यक्ष दोर्ण खत्री ,उपाध्यक्ष राधिका अर्याल ,जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेत ,वडा अध्यक्ष गोकर्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राख्दै शुभकामना ब्यक्त गरेका थिए ।नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाका प्रमुख सुर्यराज गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शाखाकी सहायक बिन्दु कुवरको स्वागत र दिनेश नेपालको संचालनमा संपन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu