Connect with us
Kapilvast Forest

परस्त्रीसँग लागेका शाही श्रीमतीकै उजुरीमा पक्राउ

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

बझाङ । श्रीमतीलाई यातना दिने तर बाहिर परस्त्रीसँग अवैध सम्बन्ध राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम चैनपुरमा आफन्तको घरमा डेरा गरी बस्दै आएका हरिस शाहीलाई उनकी श्रीमतीकाे उजुरीकाे आधारमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो। शाहीले १० बर्षअघि जिल्लाकै जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशबाट पुनी शाहीसँग विवाह गरेका थिए । उनका ४ वर्षीय एक छोरा छन् ।

श्रीमानको यस्तो व्यवहार चाल पाएपछि त्यस्तो नगर्न भन्दा आफूलाई समेत दिनहुँ यातना र कुटपिट गर्ने गरेको श्रीमती पुनी शाहीले बताईन् ।

पुनिले भनिन्, ‘श्रीमान केही दिन हराएपछि पछि कता गएछन् भनेर खोजी गर्दा आफुले शंका गरेको ठाउँमा गएको थाहा पाएपछी प्रहरीलाई खबर गरेकी हुँ ।’ प्रहरीले महिलाकाे कोठामा लुकेको अवस्थामा फेला शाहीलाइ फेला पारेकाे हाे ।

प्रकाउ पछि शाहीले भने पैसाको कारोबार भएकाले ती महिलाको घरमा गएको बताएका छन् । लुक्ने र लुकाउने दुवैलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक ईश्वरी पाण्डेले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu