Connect with us
Kapilvast Forest

रोल्पामा एम्बुलेन्स दुर्घटना १ जनाको मृत्यु ,एक जना घाइते

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

accident

रोल्पा-रोल्पाको माडी २ घर्तिगाउँमा एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । माडी गाउपालिका वडा नं। २ खोलवाङमा बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रा।लिको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रोल्पा माडी ६ कोर्चवाङकै रहेको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जनाएको छ । भैरहवाबाट कोर्चवाङ शव पुराएर फर्कने बेला शहीदमार्ग सडक खण्डको माडी २ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते हुनु भएको छ । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj