Connect with us
Kapilvast Forest

नारायणहिटी संग्रहालयमा राष्ट्रपतिको अनौपचारिक भ्रमण

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

काठमाडौं – सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब(करिब साढे तीन महीनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् ।

अहिले दरबारभित्रको रंगरोगन सकिएको छ । बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनु भयो ।

यही काम चलिरहेकै बेलामा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको जानकारी संग्रहालयका अधिकारीहरुलाई आयो ।

राष्ट्रपतिको यो भ्रमण औपचारिक थिएन । त्यसैले धेरै बन्दोबस्त गरिरहन आवश्यक थिएन । अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन गर्न राष्ट्रपति आएकी थिइन् । शुक्रबारको भ्रमणमा अरु बेलामा जस्तो बढी तामझाम थिएन । उहाँ एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेर अपराहृन ५ बजे मात्रै शीतल निवास फर्किनु भयो ।

करिब सवा २ घण्टा नारायणहिटीमा बिताएकी भण्डारीले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत दर्शन गर्नु भएको थियो ।

 

भ्रमणको क्रममा संग्रहालयमा रहेका समस्याको बारेमा पनि संग्रहालयका अधिकारीहरुले ब्रिफिङ गर्नु भएको थियो । तर राष्ट्रपति भण्डारीले ब्रिफिङ सुने पनि कुनै प्रतिक्रिया नदिई फर्किएको संग्रहालयका अधिकारीहरुले बताउनु भयो ।त्यही बन्द कक्ष खुला गर्न परेको समस्या लगायतको विषयमा राष्ट्रपति समक्ष समस्या सुनाएको थियो ।

 

        

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj