पाल्पामा बाबुले हानेको गाेली लागेर छोराकाे ज्यान गयो
पाल्पा – पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ ।रिब्दीकोट गाउँपालिका-६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएकाे स्याललाई हान्ने क्रममा ३६ वर्षीय छाेरा धनबहादुरलाई गाेली लागेकाे हाे ।
टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।