रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको अध्यक्षमा शिव खनाल
कपिलवस्तु-रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको तेसा्रे पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कपिलवस्तुको गोरूसिङ्गे स्थित मायज इन्टरनेशनल होटेलमा सनिवार भएको क्लबको नेतृत्व चयन कार्यक्रमबाट शिव खनाल २०२१/२२ को अध्यक्षमा चयन हुनुभएको छ ।आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले २०२१/२२ का अध्यक्ष खनाललाई अध्यक्षको माला लगाइदिनुभएको थियो त्यस्तैरोट्रयाक क्लब अफ बुद्धभूमिको सन् २०२१/२०२२ का अध्यक्ष खनाललाई चार्टर प्रेसिडेन्ट प्रदिप खनालले बधाई ज्ञापन गर्दै प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने रोट्रयाक्टका डिआरआर लक्ष्मण खरेलले आगामी वर्ष२०२१/२०२२ को नेतृत्व हस्तान्तरण गर्दै खनाललाइ पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
क्लबले चार जना नयाँ सदस्य थप गरेको छ । जसमा गिरीराज न्यौपाने, बाबुराम गिरी, नुमलाल घिमिरे, मोहन खड्का रहनुभएको छ ।
रोट्रयाक्ट क्लबको यस वर्षको अध्यक्ष पदमा निर्वाचित भएसँगै खनालले यस क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरब महसुस भएको बताउनुभयो । आगामी दिनमा थप सिर्जनशील भइ अगाडि बढ्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य एवं पुर्व राज्य मन्त्रि सुरेन्द्रराज आचार्य, विशिष्ट अतिथि तथा डिआरआर लक्ष्मण खरेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख अनिल पौडेल, विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेल, विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरे, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राज क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।