Connect with us
Kapilvast Forest

एमाले पार्टी सशक्त बनाउन शिवराज २मा प्रशिक्षण

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

 

कपिलवस्तु -नेकपा (एमाले) शिवराज वडा न २ ले शनिबार पार्टी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।वडा कमिटीका अध्यक्ष अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य नेत्रराज अधिकारी,नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज सि.बी गहतराज,नेकपा एमाले सचिवालय सदस्य अर्जन कुमार के.सी, लगायतले समसामयिक राजनीति र नेकपा एमालेको भूमिका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

एमाले पार्टीलाइ अझै सुदृढ बनाएर लैजान पार्टीको प्रभाव सशक्त बनाउनका लागि पनि वडामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकको धारणा रहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य नेत्रराज अधिकारी,नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज सि.बी गहतराज,नेकपा एमाले सचिवालय सदस्य अर्जन कुमार के.सी,नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, नगर कमिटि सचिवालय सदस्य एवम जिल्ला कार्यसमिति सदस्य महादेव पोखरेल ल्गाएतको उपस्थिमा रहेको कार्यक्रममा एक सय बढि जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj