पत्रकार महासंघका लुम्बिनीका सचिव केसी निलम्बनमा
रुपन्देही – अघिल्ला सरकारले गरेका नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी निलम्वनमा पर्नु भएको छ ।
अध्यक्ष बसन्त गिरीले उनलाई स्पष्टीकरण सोध्दै लुम्बिनी प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनको बर्खिलापमा भएको उल्लेख छ ।
महासंघका प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनुपर्ने, एमाले सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राख्दै ध्यानाकर्षण पत्र दिएको समाचार आइतबार नेपाल प्रेसमा प्रकाशन भएको थियो । समाचार प्राकाशित भएलगत्तै महासचिव विक्रम खड्का, प्रेस चौतारी नेताललगायतले विरोध गर्नु भएको थियो ।
अध्यक्ष गिरीले सचिव केसीको पत्रले सबै पत्रकारको शिर निहुरिएको बताउँदै दुई दिनभित्र जवाफ दिन निर्देशन गरिएको र केन्द्रीय समितिको निर्णय नआउँदासम्म पदीय जिम्मेवारीमा नरहने जनाउनुभएको छ ।