कृष्णनगरमा मोटरसाइकको ठक्करबाट १० वर्षीय बालकको मृत्यु
कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ सौनहवा आर।टि।ओ।सडकमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा मृत्यु भएको छ । कृष्णनगर १० निवासी टीका प्रसाद मौर्यका १० वर्षीय छोरा नगेन्द्र मौर्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सौनहवा विद्यालय नजिकै आर।टि।ओ। सडकमा दुर्घटना भएको हो । आइतवार करिब दिउँसो साढे २ बजे अटो सवार भई सौनहवाबाट कृष्णनगर जाने क्रम बाटोमा पैसा खसेपछि पिप्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो ।
शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा राती ९ बजे बालकको मृत्यु भएको विष्टले बताउनुभयो । अहिलेसम्म मोटरसाइलको नम्बर नखुलेको र चालक फरार रहेकोले घटनाबारे थप अनुसन्धान र खोजी कार्य जारी रहेको विष्टले बताउनुभयो ।