Connect with us
Kapilvast Forest

विजयनगरमा पार्टी प्रवेशको लर्को , आज १ सय २५ जना एमालेमा प्रवेश

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमवार गाउँपालिको वडा नं। १ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।

 

यस्तै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन बतताउनभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्नेर र अहम भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका कमिटीका अध्यक्ष थर्क बहादुर खान्गाहा, सचिव गोकर्ण प्रसाद सापकोटा, जिल्ला सदस्य दिपेन्द्र मोहर, इन्नर थारु लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu