Connect with us
Kapilvast Forest

रुपन्देहीमा थपियो १५ दिन निषेधाज्ञा

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

butwal

रूपन्देही – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जारी निषेधाज्ञाको अवधिलाई थप १५ दिनका लागि बढाएको छ ।कोरोनाको संक्रमण बढन थालेपछि बैशाख १६ गतेयता पटक पटक गरी ८ पटक निषेधाज्ञाको समय थप गरिसकेको स्थानीय प्रशासनले नवौं पल्ट निषेधाज्ञाको समय थप गरेको हो ।

साउन लागेसँगै निषेधाज्ञा हट्ने अपेक्षा गरिए पनि पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कायम राखेको हो।रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनु भयो ।

तीज नजिकिँदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ। कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो।

संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमशः खुकुलो गर्दै लगिएको छ। अहिले व्यापार व्यवसाय तथा यातायात सबै सुचारु भइसकेका छन्।

पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने छ भने यसअघि जारी भएको आदेशलाई निरन्तरता दिने निर्णय जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले गरेको पौडेलले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu