Connect with us
Kapilvast Forest

डोटीमा एक महिना थपियो निषेधाज्ञा

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

डोटी -डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने लगायतका विभिन्न निर्णय गरिएको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो ।

निषेधाज्ञाको समयमा अनावश्यक हिंडडुल, भिडभाड गर्न नपाइने, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुद आदि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्यूसन कक्षा भौतिक रुपमा सञ्चालन गर्न नपाइने निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निमित्त प्रजिअ जोशीले कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेको समयमा यसबाट सुरक्षित रहन निषेधाज्ञा सबैभन्दा उत्तम विकल्प रहेको बताउनु भयो ।दोश्रो लहरको संक्रमण बढ्न थालेपछि डोटीमा बैशाख २१ गते वैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको थियो । यो नवौं पटक थपिएको निषेधाज्ञा हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu