Connect with us

अफगानिस्तानबाट फर्किएका नेपालीको एउटै बोली अरुलाई पनि छिटो उद्धार गरियोस्

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो ।

 

उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार त्यहाँ मात्र करिव ५०० नेपाली कार्यरत थिए ।उनीहरु सबै सुरक्षित रहेको भन्दै उनले भने, ‘अमेरिकाले नै उद्दार गरेर दोहा पुर्यायो । अहिले कुबेत हुँदै पठायो ।’

तीन वर्षदेखि कार्यरत प्रकाश श्रेष्ठ पनि आफूहरु सुरक्षित रुपमा नै नेपाल आइपुगेको बताउँछन् । उनीहरुको आग्रह छ, ‘अवैधानिक रुपमा अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि छिटो सरकारले उद्दार गरोस् ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu