एकताका लागि अन्तिम प्रयत्न भइरहेको छ: माधव नेपाल
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताउनु भएको छ ।काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताउनु भयो । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिनु भयो ।
तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उहाँले बताउनु भएको छबैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोल्नु भएको थियो । उहाँले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गर्नु भएको छ ।