प्रज्ञाका उपकुलपतिको राष्ट्रकवि पत्नीलाई आश्वासन मात्रै,पेन्सन दिइएन
काठमाडौं – कुनै पनि राष्ट्रसेवक पत्नीले पतिको निधनपछि जीवनभर पतिको नामको पेन्सन पाउने व्यवस्था भए पनि राष्ट्रिकवि माधवप्रसाद घिमिरे पत्नी महाकाली घिमिरेले भने पतिको निधनपछि भत्ता पाउनु भएको छैन ।
गत वर्ष भदौमा राष्ट्रकवि घिमिरेको निधन भएपछि त्यही महिना राष्ट्रकवि र प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यका रुपमा पाएको ६५ हजार रुपैयाँपछि अन्य कुनै रकम नपाएको राष्ट्रकवि पत्नी महाकाली घिमिरेले गुनासो गर्नु भयो ।‘सरकारी जागिर खाएको भए पेन्सन पाइन्थ्यो । यत्रो राष्ट्रको सेवा नै गरेकाले दिनुपर्ने हो दिएनन्’, उहाँले दुखेसो पोख्दै भन्नु भयो पुरै दिएनन् सबै कट्टी गरे ।’
महाकालीलाई परिवार र आफन्तले सुनाएअनुसार राष्ट्रकविको अन्त्येष्टिमा सहभागी हुने क्रममा नेपाल प्रज्ञा प्रतिवठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सम्बन्धित ठाउँमा कुरा राख्ने आश्वासन दिनु भएको थियो ।
‘मेरो त त्यस दिन ओस हवास् उडेको थियो । कुरा सुन्दा पनि सुनिन् र बुझ्दा पनि बुझिन’, अरुले भनेका कुरा सम्झँदै उहाँले भन्नु भयो त्यतिबेला मुखले गर्छौ भन्ने कुरा सक्कियो , व्यवहारमा भएन । मलाई यति लेउ भनेर माग्ने कुरा भएन । सरकारले जानेर दिनुपर्ने हो, दिएन । अरु के भनु र खै आफ्नो छोराछोरीलयागतका परिवारका सदस्यलाई माग्ने काम कतै नगर भनिदिएको पनि उहाँले बताउनु भयो ।, अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।