अष्टलक्ष्मी संसदीय दलको नेता चयन, आजै मुख्यमन्त्री नियुक्त हुने
काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन हुनुभएको छ ।प्रदेश सदरमुकाम हेटौंडामा बुधबार बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चयन गरेको सांसद जुनेली श्रेष्ठले जानकारी दिनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्ताव शाक्य संसदीय दलको नेता चयन हुनुु भएको हो ।
उहाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। एमाले वरिष्ठ नेता माधव नेपाल पक्षकी शाक्य अध्यक्ष केपी ओली पक्षमै रहने भएपछि उहाँलाई मुख्यमन्त्री बनाउन लागिएको हो।मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने तयारी छ।