राजधानी न्युज पब्लिकेशनका अध्यक्ष एवं पूर्वसांसद शेरचनको निधन
काठमाडौं-राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ। उहाँको उपचारको क्रममा नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो।
संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य हुनुन्थ्यो । उहाँ बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेको राजधानी पब्लिकेशनले जनाएको छ। उहाँको दिउँसो ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।