Connect with us
Kapilvast Forest

इस्लामिकहरुको मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-इस्लामिक नया वर्ष मोहर्रमको अवसरमा कपिलवस्तु जिल्लाको कृष्णानगरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथी एवम विजयनगर गाउँपालिका अध्यक्ष थापाले शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै इस्लामिहरुको मोहर्रमको शुुभकामना व्यक्त गर्दै सबै एक आपसमा धार्मिक सहिष्णुता कायम गरि कोभिड १९ को संक्रमण फैली रहेको अवस्थामा स्वास्थ्यको ख्याल गरि पर्व मनाउन आग्रह गर्नु भयो ।
जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय र बीओपी कृष्णनगरको सहकार्यमा भएको कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयल मोहर्रम पर्वको शुभकामना दिदै कोभिड१९ बाट सबै सचेत रहनको लागि सबै नागरीकहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा सहभागि जनाउनुभएका नगरप्रमुख रजत प्रताप शाहले मोहर्रम पर्वको शुभकामना दिदै सावधानीपूर्वक पर्व मनाउना आग्रह गर्दै नागरिकता बनाउन दक्षिणका नागरीकहरुले झन्झट भोग्नुपरेको गुनासो प्रमुख जिल्ला अधिकारी पाण्डेय समक्ष्य राख्नुभएको थियो ।

 

कार्यम्रम प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयको अध्यक्षता ,विजयनगर गाउं पालिका अध्यक्ष गोपाल थापाको प्रमुख अतिथी र विशिष्ट अतिथिको रुपमा कृष्णानगर नपा प्रमुख रजत प्रताप शाह, अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान,नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष अकिल मियां,मदरसा अहले सुन्नत फैजेमुस्तफा अतिकीया प्रतिनिधि मिर्जा राशिद बेग,नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमशेर अली, राष्ट्रीय मदरसा संघ नेपाल राष्ट्रीय अध्यक्ष डाकक अब्दुल गनी अलकुफी,लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिया ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu