Connect with us
Kapilvast Forest

प्रभुरामलाई सेनापति नियुक्त गर्न सरकारको सिफारिस

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं -सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति हो ।

महारथी दर्जामा पदोन्नति गरेर शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुने छ ।अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा साउन २५ देखि बिदा बस्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu