विजयनगरमा भोलि सार्वजनिक विदा
चन्द्रौटा -कपिलवस्तुको विजय नगर गाउँपालीकाले भोली अर्थात शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाले मुस्लिम समुदायको मुख्य पर्व मोहर्रमको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।
कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आग्रह गर्नु भएको छ ।
सुरक्षा तथा स्वास्थ्य सावधानी अपनाएर घरमै बसी आ-आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ।
