Connect with us
Kapilvast Forest

अफगानिस्तानमा रहेका ३ सय जनाले भरे स्वदेश फिर्तीकाे विवरण

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं- अफगानिस्तानमा रहेका नेपालीमध्ये अहिलेसम्म कुल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा हिजाे बेलुकासम्म यस सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका जानकारी दिएकाे छ।

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा हिजाे बेलुका ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भइ सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरि बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हिजाे जजिरा एयरको कुबेत काठमाण्डौ उडानबाट थप आठ जनासमेत गरि २९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भइ काठमाण्डौ आइपुगेका छन् । नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरि सीसीएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीमा रहेकाे सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu