Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले नेताहरुको कार्य विभाजन आज टुङ्ग्याउने

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौँ -सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धि छलफल सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आईतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

 

उहाँले भन्नु भयो , ‘सांगठानिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रिय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्नेरु केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो ।

हिजोको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो । र आज विहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ । त्यसको साथसाथै हामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरण देखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि सनिवारको बैठकमा एजेन्डा थियो । आज बस्ने बैठकले आवश्यक निर्णय लिनेछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu