Connect with us
Kapilvast Forest

जिर्ण बनेको मन्दिरको स्थानिय पुरिद्वारा स्तरोन्नति

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

बृजेश यादव,कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ११ बनगाई गाउँको पुर्वमा अवस्थित काली माता मन्दिरको जिर्ण उद्दार स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । काली माताको मन्दिर बनगाई पोखरीको किनारमा रहेको काली माता मन्दिर अवस्था कमजोर हुँदै गएको थियो ।

महाराजगन्ज नगरपालिका वडा न ११ बनगाईमा स्थापित रहेको काली माता मन्दिरको मुहार फेर्ने कार्यको थालनी भएको समाजसेवी युवा नेता धर्मेन्द्र कुमार पुरिले बताउनु भयो । यस मन्दिरलाई ३ तल्ले मन्दिरको रुपमा स्तरोन्नति गर्ने सोच रहेको युवा नेता पुरिको भनाई रहेको छ ।आफुले मागेको मागन पूरा भएकोले यो मन्दिरको स्तरोन्नति गर्ने कार्य शुरु गरेको पुरिले बताउनु भयो ।

महाराजगन्ज नगरपालिकाको वडा न ११ मा स्थापित रहेको काली माता मन्दिरलाई पर्यटकिय स्थलमा रुपमा बिकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उहाले बताउनु भयो । मन्दिरको किनारमा ठूलो पोखरी रहेकोले पर्यटकीय स्थलको रुपमा बिकसित हुने अबिरल सम्भवना रहेको युवा नेता पुरिले दाबी गर्नु भयो ।सानो ठाउँमा रहेको काली माता मन्दिरलाई स्तरोन्नती गरि ३३ पिलरको ठूलो मन्दिर आफ्नै लगानीमा निर्माण गरिरहेको पुरिले बताउनु भयो ।

मन्दिरमा ४ बर्ष देखि नै पुजामेला भण्डारा गर्दै आफ्नो संस्कृतीको संरक्षण गर्दै आउनु भएको स्थानीय भारत कुर्मीले बताउनु भयो । महाराजगन्ज नगरपालिका वडा न ११ मा संचालित रहेको जयमा काली ईटा उद्योगको संचालक रहेको धर्मेन्द्र कुमार पुरिले स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने स्थानीय भारत कुर्मीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu