Connect with us
Kapilvast Forest

निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको पुष्टि

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ ।क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।

यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रदेश नं। २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ र संलग्नता नदेखिएपछि छाड्ने तयारी गरिएको स्रोतले बतायो ।

सोमबार दिउँसो एउटा अडियो रेकर्ड पनि सार्वजनिक भएको छ, जसमा असई उदय यादवले भन्नुभयो सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ अडियोमा उनले सीसी टीभी फुटेज मेटाउन लागेको बताउनुभएको छ ।

‘सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता देखिएन’ स्रोतले भन्यो । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो , ‘पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना गराएका रहेछन् ।’थप अनुसन्धान भइरहेको स्रोतले बतायो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu