Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र श्रेष्ठले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे मृत्यु भएकाे बताएपनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन् ।

प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेकाले के कति मृत्यु भएको हो भन्न नसकिएको बताउनुभयो ।

घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu