Connect with us
Kapilvast Forest

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

 

 

काठमाडौं-माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदिप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।
नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो । तर, प्रदिप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो ।

यद्यपी प्रदिप नेपालले आफू माधवकुमार नेपालको पक्षमा रहेको बताउनुहुँदै बुधबार पार्टी सनाखतका लागि आयोगमा आउनुभएको सांसद चौधरीले जानकारी दिनुभयो ।सनाखतका लागि नेपाल समूह चन्द्रागिरीबाट सिधैं आयोगमा पुगेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu