Connect with us
Kapilvast Forest

प्रचण्ड, बाबुराम, वैद्य र विप्लवसँग मिलेर ठूलो पार्टी बनाउँछौं: मेटमणि चौधरी

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गर्नु भएको छ । नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने चौधरीले बताउनुभएको छ ।

ुअबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ उहाँले भन्नुभयो त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।

चौधरीले डा।बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवु सहितका अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने दाबी पनि गर्नु भएको छ ।

ुमाओवादीसित अन्य साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौँ उहाँले भ भन्नुभयो चार महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा छौँ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj