Connect with us
Kapilvast Forest

जोखिम घटाउन नवीकरणीय ऊर्जा :राष्ट्रपति भण्डारी

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको जोखिम घटाउन नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने बताउनुभएको छ ।
जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैँ जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभए पनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको बताउनुभएको थियो । उहाँले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu