Connect with us
Kapilvast Forest

७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न देउवा तयार

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहमती भएको छ । शुक्रबार राति प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।

देउवासँग भएको सहमतिबारे जानकारी दिन आज वरिष्ठ नेता पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गर्नु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गर्नु भएको हो ।

शुक्रबार साझ देउवालाई भेट्ने निर्णय भएअनुसार पौडेल पक्षका नेताले देउवालाई भेट्नु भएको थियो । छलफलका क्रममा देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाउनु भएको बताइएको छ ।

आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशन लगायतका विषयमा विवाद भने अझै कायम रहेको छ ।

त्यस्तै आज जिल्ला सभापतिहरूको धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेको छ ।छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु तथा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu