Connect with us
Kapilvast Forest

यात्रुबस दुर्घटना ३ जनाको मृत्यु २७ घाइते, मृतकको सनाखत हुन बाँकी

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

accident

नेपालगञ्ज, ११ भदौ । जाजरकोटबाट नेपालगञ्जतर्फ आउदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu